बाँकेमा कोरोना संक्रमण तिब्र, ६१ जनामा परीक्षण गर्दा २१ जना संक्रमित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २८ गते १६:४७
बाँकेमा कोरोना संक्रमण तिब्र, ६१ जनामा परीक्षण गर्दा २१ जना संक्रमित (भिडियो रिपोर्टसहित)

२८ चैत २०७७ बाँके । नेपालगन्जमा कोरोनाको सक्रमण तीब्र गतिमा फैलन थालेको छ । भेरी अस्पतालको पिसिआर ल्याबमा पछिल्लो पटक गरेको ६१ नमूना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतको रुपैडिया नाका हुँदै नेपालगन्ज प्रवेश गर्ने नेपालीमा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ । रुपैडिया नाका हुँदै आउँदै गरेका १ सय ९ जनाको एन्टिजिन परीक्षण गर्दा १० जनामा कोराना संक्रमण देखिएको छ ।

भारतबाट नेपाल फर्कँदै गरेका र नेपालमै रहेका शंकास्पद ब्यक्तिको नमूना परीक्षण गर्दा संक्रमण तिब्र गतिमा बढ्दै गएको पाइएको हो ।

भारतको गुजरात र महाराष्ट्रबाट नेपाल फर्किएका संक्रमण बढी देखिएको छ । संक्रमण देखिएका ब्यक्तिलाई नेपालगन्जको भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको छ ।

त्यहाँ हाल ३८ जना संक्रमितको उपचार भइरहेको छ । संक्रमितमध्ये एक जनालाई भेन्टिलेटरमा राखिएको छ । १३ जनालाई अक्सिजन दिएर उपचार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *