Main News

बढ्यो कोरोना संक्रमण दर, पछिल्लोपटक ३३७ जना संक्रमित थपिए

हिमालय टिभी
२०७७ चैत २८ गते १६:३९
बढ्यो कोरोना संक्रमण दर, पछिल्लोपटक ३३७ जना संक्रमित थपिए

२८ चैत २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको छ । पछिल्लो पटक संक्रमितको संख्या तीन सय नाघेको छ ।

तीन हजार ५ पाँच सय ३२ वटा नमूनाको पीसीआर परीक्षणमा ३ सय ३७ जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १ सय ४० जनामा संक्रमण भेटिएको छ। तीमध्ये काठमाडौंमा १ सय १६, ललितपुरमा २० र भक्तपुरमा चार जनामा संक्रमण देखिएको छ ।

यस्तै उपत्यका बाहिर चितवनमा ३३ बाँकेमा २० जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २८०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कोरोनाका कारण देशभर एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३९ पुगेको छ । थप १ सय ५१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ । सरकारले हालसम्म १८ लाख ३५ हजार २ सय ६३ जनामा कोरोनाविरुद्धको खोप लगाएको मन्त्रलायले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *