छिट्टै सभापति देउवाको नेतृत्वमा सरकार बन्ने कांग्रेस महामन्त्री कोइरालाको दाबी

रासस
२०७७ चैत २८ गते १३:३२

छिट्टै सभापति देउवाको नेतृत्वमा सरकार बन्ने कांग्रेस महामन्त्री कोइरालाको दाबी

२८ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।” जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उहाँको भनाइ थियो ।

उहाँले थप्नुभयो, “जसपासँग छलफल भइरहेको छ । उहाँहरु पनि आन्तरिक छलफलमा हुनुहुन्छ ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs