विदेश
भारतको नागपुरस्थित कोभिड अस्पतालमा आगलागी हुँदा ४ जनाको मृत्यु
२०७७ चैत २८ गते ९:२१
२८ चैत २०७७ नागपुर । भारतको नागपुरमा कोभिड अस्पतालमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नागपुरको वेल ट्रीट अस्पतालको आईसीयूमा आगलागी हुँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो ।
आगलागीपछि अस्पतालमा रहेका अन्य बिरामीहरुलाई सकुशल उद्धार गरिएको छ । आगलागीको कारणबारे केही खुलाइएको छैन भने घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ ।
भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । नागपुरमा मात्रै गत २४ घन्टामा झन्डै ७ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।
प्रतिक्रिया