Main News

हिजो सांसद पद गुमाएका चारै जना पुनः मन्त्री नियुक्त, आजै साँझ पाँच बजे सपथ

हिमालय टिभी
२०७७ चैत २७ गते १३:४२
हिजो सांसद पद गुमाएका चारै जना पुनः मन्त्री नियुक्त, आजै साँझ पाँच बजे सपथ

२७ चैत २०७७ काठमाडौं । सांसद पद खारेज भएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । पुनर्नियुक्ति भएसँगै उनीहरूले आजै शपथ लिनेछन् ।

लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले बेलुकी पाँच बजे शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

एमालेमा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले उनीहरुलाई हटाएको थियो र हिजो प्रतिनिधिसभामा सभामुख अग्निप्रसाद सापकोटाले चार जना पदमुक्त भएको जानकारी गराउनुभएको थियो ।

सांसद पद खारेज भएपछि मन्त्रीबाट पनि मुक्त भएका थिए । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्ड नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो ।

नेकपा नाम भने अदालतले ऋषि कट्टेललाई दिएको थियो । भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । यस्तै रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमालेतिर लाग्नुभएको थियो ।

भट्टले उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *