Main News

संसदीय समितिमा एमाले हुन पाउ भन्दै सांसदले गरे विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २६ गते १८:३५
संसदीय समितिमा एमाले हुन पाउ भन्दै सांसदले गरे विरोध (भिडियो रिपोर्टसहित)

२६ चैत २०७७ काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले संसदीय समितिमा आफूहरु नेकपा नै रहेको भन्दै विरोध जनाउनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेता अधिकारीले फागुन २३ गतेको सर्वोच्च अदालतको निर्णयले आफूलाई नेकपाबाट एमाले र माओवादी केन्द्र बनाए पनि समितिमा नेकपा नै रहनुपरेको गुनासो गर्नुभयो ।

उहाँले प्रतिनिधिसभामा एमाले र समितिमा नेकपा हुनु संविधानविपरीतको काम भएको भन्दै सच्याउन आग्रह गर्नुभयो ।

नेता अधिकारीले समितिमा दुई पार्टीलाई नछुट्याउँदा संसदीय व्यवस्थाअनुसार सांसदको प्रतिनिधित्व दलको अनुपातमा नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *