Main News

बालबालिकाको दृष्टिमा समस्या भयो ? कसरी थाहा पाउने त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २५ गते १८:३३
बालबालिकाको दृष्टिमा समस्या भयो ? कसरी थाहा पाउने त ? (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । प्रविधिको प्रयोग, पोषणतत्वको कमी र हेलचेक्रयाइका कारण बालबालिकामा हुने आँखाको समस्या बढ्दै गएको छ । समयमै उपचार गर्ने हो भने बालबालिकामा हुने दृष्टि समस्यामा कमी ल्याउन सकिन्छ । बालबालिकाको दृष्टिमा समस्या भयो भन्ने कसरी थाहा पाउने त ? यो सामग्री हेरौं ।

नेपालमा दैनिक ७ जना बालबालिकाले दृष्टि गुमाउने गरेको सरकारी तथ्यांकले देखाउँछ । यसको मुख्य कारण बाल्यवस्थामा नै आँखामा भएको समस्या पहिचान नहुनु हो । बालबालिकाको आँखामा दृष्टि दोष अर्थात् टाढाको वस्तु नदेख्ने समस्या बढी हुने गर्छ ।

यो समस्याको समाधान सामान्य चश्मा प्रयोग गर्दा हुन्छ । तर अभिभावकले समयमै ध्यान नदिँदा यो ठूलो समस्या हुन सक्छ । बालबालिकामा जन्मजातै हुने मोतिविन्दु, जलविन्दु जस्ता समस्या समयमै पत्ता लगाउँदा नसक्दा दृष्टि नै गुम्न सक्छ ।

बालबालिकाले आफ्नो आँखामा समस्या भएको अभिभावकलाई भन्न सक्दैनन् । त्यसैले अभिभावक आफैंले आफ्नो छोराछोरीको गतिविधिबाट उनीहरुको आँखामा भएको समस्या जान्नुपर्ने हुन्छ । बालबालिकाको आँखामा भएको समस्या कसरी पत्ता लगाउने त ?

बालबालिकाले टिभि नजिकै गएर हेर्ने, उज्यालो ठाउँमा जाँदा आँखा खुम्चाउने गर्छन् भने पनि बालबालिकाको आँखामा समस्या छ भन्ने बुझ्नुपर्छ । विद्यालयमा बालबालिकाले गरेको गतिविधिबाट पनि शिक्षक–शिक्षिकाले उनीहरुको आँखाको अवस्था पत्ता लगाउन सक्छन् ।

जन्मेदेखि ८ वर्षसम्म बालबालिकाको आँखाको विकास हुने गर्छ । यो समयमा बालबालिकामा भएको आँखाको समस्या पहिचान गर्न सके बालबालिकाको दृष्टि जोगाउन सकिन्छ ।

त्यस्तै हरियो सागपात, फलफूलमा जोड दिने र मोबाईल, टिभि लगायतका प्रविधि कमै मात्रामा चलाउन दिने हो भने पनि बालबालिकाको आँखा जोगाउन सहज हुने विज्ञहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *