कांग्रेस सभापति देउवाले भने–नयाँ सरकार गठन निश्चित छैन (भिडियो रिपोर्टसहित)

२५ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठन निश्चित नभएको बताउनुभएको छ ।
कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र सरकार बनाउन पहल गर्ने संस्थागत निर्णय गरे पनि सभापति देउवाले भने नयाँ सरकार गठन निश्चित भइनसकेको बताउनुभएको हो ।
झापाको बुद्धशान्ति गाँउपालिकामा निर्मित सहिद याम बहादुर आचार्यको शालिक अनावरण कार्यक्रममा सभापति देउवाले अझै विश्वासको वातावरण बनिनसकेको बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई आग्रह गरेको तर ओलीको सरकारलाई समर्थन गरेकाले विश्वासको वातावरण नभएको देउवाको भनाइ छ । सरकार बनाउन आवश्यक बहुमत प्राप्त हुने अवस्था तत्काल नदेखिएको पनि सभापति देउवाले बताउनुभयो ।
अहिले देशको अवस्था प्रतिकुल रहेकाले आवश्यकता अनुसार नेपाली कांग्रेसले निकासका लागि अगुवाई गर्ने सभापति देउवाले बताउनुभयो ।
प्रतिक्रिया