Political Hightlights

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीले दिए राजीनामा

हिमालय टिभी
२०७७ चैत २५ गते १४:४७
गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीले दिए राजीनामा

२५ चैत २०७७ काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुईजना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ समक्ष राजीनामा बुझाउनु भएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले पार्टीको निर्देशन बमोजिम राजीनामा बुझाएको बताउनु भयो ।

यसअघि आज बसेको माओवादी संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम आफूहरु दुवै जनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको चुमानले जानकारी दिनुभयो । तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उहाँले मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गर्नुभयो ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चुमानले वर्तमान विडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताउनुभयो ।

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आज शुरु भएको छ । अधिवेशन शुरु हुनुअघि माओवादी केन्द्र सरकारबाट हटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्