Main News

एमाले प्रवेश गरेका व्यवसायी प्रधान वायु सेवा निगम सञ्चालक नियुक्त

हिमालय टिभी
२०७७ चैत २४ गते १६:३२
एमाले प्रवेश गरेका व्यवसायी प्रधान वायु सेवा निगम सञ्चालक नियुक्त

२४ चैत २०७७ काठमाडौं । सरकारले हालै नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।

पर्यटनमन्त्रीस्तरीय निर्णयबाट आज प्रधानलाई चार वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको हो ।

प्रधान दुई साताअघि मात्रै एमाले प्रवेश गर्नुभएको थियो । प्रधान नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुुनुहन्थ्यो । महासंघको गएको अधिवेशनमा चन्द्रप्रसाद ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित हुनुभएको थियो ।

यसअघि, नेपाली कांग्रेसमा आबद्ध उहाँ महासंघमा चुनाव हारेपछि एमाले प्रवेश गर्नु भएको थियो । एमाले पार्टी प्रवेशलगत्तै उहाँ सरकारी नियुक्ति मिलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *