Main News

नेपाल–भारत सीमामा निर्माण भइरहेको पर्खालबारे सीमाविदले अध्ययन गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १९:०५
नेपाल–भारत सीमामा निर्माण भइरहेको पर्खालबारे सीमाविदले अध्ययन गर्ने (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । दार्चुलास्थित नेपालसँगको सीमामा भारतले निर्माण गरिरहेको सुरक्षा पर्खालबारे दुई देशका सीमाविद्ले अध्ययन गर्ने भएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही अप्रिल १२ अर्थात् चैत ३० गते नेपाल र भारत दुवै देशका नापी टोली त्यहि ठाउँमा गई स्थलगत अध्ययन गर्ने जानकारी दिनुभयो ।

दार्चुलास्थित महाकाली नदीको नेपाल भारत सीमामा भारतले बनाउँदै गरेको सुरक्षा पर्खालबारे संसद र सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारले चासो दिएको हो । संसदको आजको बैठकमा पनि यसबारे प्रश्न उठेको थियो ।

मन्त्री ज्ञवालीले पुस २२ गते प्रमुख नापी अधिकृतको नेतृत्वमा परराष्ट्र मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रतिनिधि सहभागी टोली बनाएर स्थलगत अध्ययन गरिसकेको बताउनुभयो ।

त्यो अध्ययनबाट नेपालले भारतसँग गम्भीरतापूर्वक कुराकानी गरेको उहाँले बताउनुभयो ।

संसदको आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारतले दार्चुलामा नेपाली भूमि मिचेर तटबन्ध गर्दा नेपाल सरकारले मौन सहमति जनाएको आरोप लगाउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *