Main News
पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जितः अध्यक्ष मिश्र (भिडियो रिपोर्टसहित)
२०७७ चैत २३ गते १८:०८

२३ चैत २०७७ काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ ।
पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मिश्रले अहिलेको राजनीति जुन किसिमबाट अगाडी बढिराखेको छ त्यो अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।
अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराईरहेको टिप्पणी समेत गर्नु भयो ।
उहाँले आफ्नो दलले देशभरका नागरिको सामाजिक जीवनको अधिकार, मर्यादाको अधिकार, शिक्षा स्वास्थ्यको अधिकार सुनिश्चित गर्न चाहेको पनि प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया