Main News

एकैपटक १६५ वटा सडक शिलान्यासको संसदमा यस्तो विरोध, रेडबुक नै शिलान्यास गर्न सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १५:०१
एकैपटक १६५ वटा सडक शिलान्यासको संसदमा यस्तो विरोध, रेडबुक नै शिलान्यास गर्न सुझाव (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डीपीआरबिना नै १ सय ६५ वटा सडकको शिलान्यास गरेकोमा विरोध गरेको छ ।

कांग्रेसले प्रतिनिधिसभा बैठकमा यसको विरोध गरेको हो । शून्य समयमा बोल्दै कांग्रेस सांसद भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिलान्यासको रहर लागेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीलाई शिलान्यासको रहर नै भए एकैपटक रेडबुक नै शिलान्यास गर्न उहाँले सुझाव दिनुभयो ।

कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नु नौटंकी मात्रै भएको टिप्पणी गर्नुभयो ।

योजना नै पहिचान नभएको सडक शिलान्यास गरेको भन्दै कांग्रेस सांसद राजेन्द्र कुमार केसीले प्रधानमन्त्रीसँग जवाफ माग्नुभयो ।

प्रधानमन्त्रीले तीन दिन अगाडि देशका १ सय ६५ निर्वाचन क्षेत्रमा रणनैतिक सडक शिलान्यास गर्नुभएको थियो । तर कुनै तयारी र डीपीआर बिना शिलान्यास गरिएको भन्दै विरोध भैरहेको छ ।

हिजो मात्रै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त्यसलाई तमासा भन्नुभएको थियो । आज कांग्रेसले संसदमा विरोध गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *