Main News

बाघको आक्रमणबाट हात्ती चराउँदै गरेका माउतेको मृत्यु

हिमालय टिभी
२०७७ चैत २२ गते २१:०९
बाघको आक्रमणबाट हात्ती चराउँदै गरेका माउतेको मृत्यु

२२ चैत २०७७ बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती चराउँदै गरेका माहुतेको पाटे बाघको आक्रमणमा मृत्यु भएको छ ।

बाघको आक्रमणमा परि हात्तीसारका कर्मचारी ३१ वर्षका माउते पुलिस राम चौधरीको करिब साझ ५ बजे मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

ठाकुरबाबा नगरपालिका बडा ९ बस्ने चौधरी बर्दिया राष्ट्रिय निकुञ्ज को गैंडा गणनामा संलग्न रहेको र सोहि क्रममा हात्तीको साथ निकुञ्जको जंगलमा रहेको समयमा बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यस क्षेत्रमा एक वर्षभित्र बाघको आक्रमणमा परेर एघार जनाले ज्यान गुमाइसकेका छन् ।

पाटेबाघ आक्रमणका घटना दिनहुँ बढिरहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयले सूचना जारी गरेर निकुञ्ज तथा डिभिजन वन र सामुदायिक वनमा गाईभैँसी चराउन तथा घाँस, दाउरा लिन नजान आग्रह गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *