कर्णालीमा एमालेले मन्त्रीहरुलाई फिर्ता बोलायो, माओवादी नेतृत्वको सरकार ढल्ने निश्चित (भिडियो रिपोर्टसहित)

२२ चैत २०७७ सुर्खेत । कर्णाली प्रदेशको नेपाल एमाले संसदीय दलले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको हो । वैठकमा नेपाल–खनाल समूहका सांसदहरु पनि सहभागी थिए ।
संसदीय दलका नेता यामलाल कंडेलले तीन जना मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको जानकारी दिनुभयो ।
बैठकले दलको विधान निर्माणका लागि प्रमुख सचेतक गुलावजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य भएको कार्यदल बनाएको छ।
एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनु नपर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया