Main News

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

हिमालय टिभी
२०७७ चैत २२ गते १३:५८
सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

२२ चैत २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा (एमाले) की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो ।

निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न (लोगो) प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *