राजनीति

अब छिट्टै नयाँ सरकार बन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २१ गते १८:०५
अब छिट्टै नयाँ सरकार बन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दाबी (भिडियो रिपोर्टसहित)

२१ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गर्नु भएको छ ।

कपिलवस्तुमा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि दलहरुसँग छलफल गर्ने बताउनुभयो ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली मधेस विरोधी भएको भन्दै उहाँले मधेसको मसिहा ठान्ने केही नेता मन्त्री बन्न ओलीको साथमा जान लागेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग हिमचिम बढाइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले मधेसी अधिकारको पहिचान विरोधीसँग खासखुस गरेर मधेसी जनताको अपमान नगर्न ठाकुरलाई सचेत गराउनुभयो ।

अध्यक्ष प्रचण्डले कार्यकर्ताहरुलाई मधेस विरोधीको भण्डाफोर गर्न आग्रह गर्नुभयो ।

लामो मौनतापछि केन्द्रीय कार्यसमिति बैठकबाटै कांग्रेसले सरकार निर्माणका लागि पहल गर्ने निर्णय लिएपछि प्रचण्ड उत्साहित देखिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्