Main News

राष्ट्रपति भण्डारीद्वारा पूर्वप्रधानमन्त्री खनालसँग भेट

हिमालय टिभी
२०७७ चैत २१ गते १७:५३
राष्ट्रपति भण्डारीद्वारा पूर्वप्रधानमन्त्री खनालसँग भेट

२१ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेट्न उहाँकै निवास डल्लु पुग्नु भएको छ ।

राष्ट्रपति भण्डारी आज इतिहासविद् डाक्टर महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुग्नु भएको थियो ।

त्यसक्रममा राष्ट्रपति भण्डारी नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था बुझ्न खनाल निवासमा पनि पुग्नु भएको थियो ।

खनाल स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहनु भएको छ । उहाँ केही समय पहिले भारतमा उपचार गरेर स्वदेश फर्किनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *