Main News

प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ वटा सडक निर्माणको घोषणा

हिमालय टिभी
२०७७ चैत २१ गते १३:११
प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ वटा सडक निर्माणको घोषणा

२१ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकै पटक १ सय ६५ वटा सडक निर्माणको घोषणा गर्नुभएको छ ।

देशका १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक(एकका दरले सडक निर्माण शुरु गर्न लागिएको सडक विभागले जनाएको छ । प्रत्यक्ष निर्वाचित संघीय सांसदको सिफारिसमा ती सडक निर्माण हुन लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट निर्माण आरम्भको घोषणा गरिएको छ । प्रधानमन्त्री केपी ओलीले ५७ अर्ब १० करोड रुपैयाँको लागतमा तीन वर्षभित्र पूरा गर्ने लक्ष्यसहित निर्माण आरम्भ भएको घोषणा गर्नुभएको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले घोषित योजना अनुसार कामलाई तिब्रता दिइने बताउनुभयो । डिजिटल रुपमा स्विच थिचेर प्रधानमन्त्री ओलीले निर्माण शुरुवात गर्नुभएको हो ।

हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ । यस अघि पनि प्रधानमन्त्रीले विभिन्न आयोजनाको शिलान्यास गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *