Political Hightlights

सरकार अल्पमतमा परे राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७७ चैत २१ गते १२:५४
सरकार अल्पमतमा परे राजीनामा दिन्छुः प्रधानमन्त्री ओली

२१ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि मात्रै आफूले राजीनामा दिने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज १ सय ६५ सडकको शिलान्यास कार्यक्रममा माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजिनामा दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताउनुभयो ।

आफूलाई हटाउन आग्रह गरे पनि कसैले पनि समर्थन फिर्ता नलिएको उहाँले बताउनुभयो । समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको बताउँदै प्रधानमन्त्री ओलीले विकासका काम भन्दा राजीनामाको विषयलाई मिडियाले उचालेको आरोप पनि लगाउनुभयो ।

काठमाडौं(तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशनप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाउनुभयो । ओलीले संसदीय समिति हुँ भनेर काम रोक्ने आदेश दिइरहन नहुने बताउनुभयो ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले द्रूत मार्गको टनेल तथा पुल निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न विहीबार निर्देशन दिएको थियो ।

लेखा समितिको नाम नलिई प्रधानमन्त्री ओलीले केही खर्बको आयोजना रोकेर फेरि गर्दा त्यसले पार्ने असर र परिणाम हेर्नुपर्ने बताउनुभयो । संसदीय समितिले आफूखुसी बोलाउने र अन्धाधुन्ध आदेश दिने गरेको प्रधानमन्त्रीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्