दुई जनाको ज्यान जाने बागलुङ झडपमा संलग्न आठ जना सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १७:३०
दुई जनाको ज्यान जाने बागलुङ झडपमा संलग्न आठ जना सार्वजनिक (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ बागलुङ । बाग्लुङमा होली खेल्ने क्रममा २ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई प्रक्राउ गरेको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङ बल्देधुरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो ।

बडिगाड गाउँपालिका वडा नम्बर १० दर्लिङका रेशम बुढा मगर, मिलन बुढा, भेषराज बुढा, कुमार छन्त्याल, झनबहादुर बुढा, सुर्य बुढा, ढालबहादुर बुढा र तिर्थलाल बुढा पक्राउ परेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न केही फरार रहेकाले पक्राउ गर्न टोली खटाएको प्रहरीले जनाएको छ । गत आइतबार होली खेल्ने क्रममा युवतीलाई जबरजस्ती रङ लगाइदिएपछि शुरु भएको विवाद झडपमा परिणत भएको थियो । घटनामा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *