राजनीति

एमालेको नेपाल–खनाल समूहले संगठन विस्तार र सुदृढीकरण अभियान सार्वजनिक गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते १७:१६
एमालेको नेपाल–खनाल समूहले संगठन विस्तार र सुदृढीकरण अभियान सार्वजनिक गर्ने (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले अध्यक्ष केपी शर्मा पार्टी विभाजन गर्न उद्दत रहेको निष्कर्ष निकाल्दै तल्लो तहसम्मै समानान्तर कमिटी बनाउन अभियान चलाउने निर्णय गरेको छ । भोलि त्यसको घोषणा हुनेछ ।

संगठन विस्तार तथा सुदृढीकरणका नाममा नेपाल(खनाल समूहले गाउँ टोलसम्मै समानान्तर कमिटी बनाउन अभियान चलाउने भएको हो । यो समूहका स्थायी समिति सदस्यको आज बसेको बैठकले राष्ट्रिय भेलाबाट पारित ‘राजनीतिक प्रतिवेदन’ पनि कार्यकर्तामाझ लैजाने निर्णय गरेको छ ।

कलंकीमा बसेको बैठकमा संगठन सुदृढिकरण अभियानको खाकाबारे सदस्यबाट सुझाव संकलन गरिएको छ । सचिव योगेश भट्टराईले राष्ट्रव्यापी कार्यक्रमको ढाँचा तयार पारेर भोली बस्ने बैठकले अन्तिम रुप दिएपछि सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको फैसला अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार नभएको निष्कर्ष निकाल्दै आफुहरु पुरानै कमिटी ब्युँताउन लागेको भट्टराईले बताउनुभयो ।

आफुहरुसँग बहुमत रहेकोले आफना गतिविधि आधिकारिक र ओली समूहले समानान्तर गतिविधि गरेको उहाँले दाबी गर्नुभयो । बैठकले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीलाई विधान विपरितको स्वेच्छाचारी कदम भन्दै भर्त्सना गरेको छ ।

यो कारवाहीले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन उद्दत रहेको पुष्टि भएको बैठकले निष्कर्ष निकालेको सचिव भट्टराइले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले नेता भुसाल र पाण्डेलाई हिजो पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्नुभएको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि यस्तै प्रकृतिको कारबाही गरिएको थियो ।

राष्ट्रिय भेला गरेपछि नेपाल खनाल समूह अहिले संगठनमा पकड बनाउने योजनामा लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्