Main News

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन

हिमालय टिभी
२०७७ चैत २० गते १६:५१
सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन

२० चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन ।

सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो । यो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको इजलासमा परेको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ चलिरहेका बेला प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लागायतले रिट दायर गर्नुभएको थियो ।

प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो । प्रधानमन्त्रीले त्यसै बमोजिम जवाफ पेश गरिसक्नुभएको छ ।

यस्तै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीका साथै पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *