Main News

राष्ट्रपति भण्डारीले गरिन् काठमाडौंमा मेलम्चीको पानी वितरणको शुरुवात

हिमालय टिभी
२०७७ चैत २० गते १५:१८
राष्ट्रपति भण्डारीले गरिन् काठमाडौंमा मेलम्चीको पानी वितरणको शुरुवात

२० चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको आज औपचारिक उद्घाटन गर्नुभएको छ ।

भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर राष्ट्रपति विद्यादेवी भण्डारीले पानी वितरणको उद्घाटन गर्नु भएको हो ।

भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुंगेधारा निर्माण गरिएको हो । भृकुटीमण्डपमा रहेको सार्वजनिक ढुंगेधाराबाट आम नागरिकले पानी खान पाउनेछन् । गत आइतबारदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु भए पनि उदघाटन भने आज गरिएको हो ।

महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अनामनगरको ८ सय घरमा भने परिक्षणका रुपमा २४ सै घण्टा पानी वितरण गरिरहेको छ ।

आज बिहानदेखि बालाजु(सोह्रखुट्टे लगायतका स्थानमा पनि पानी वितरण थालिएको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको लिमिटेडले जनाएको छ ।

एक महिनासम्म पुरानो पाईपमा पानी पठाएपछि बैशाख १५ पछि नयाँ पाइपलाइनमा पठाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *