Main News
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने
२०७७ चैत २० गते ८:४७

२० चैत २०७७ काठमाडौं । देशका पहाडी भूभागमा स्थानीय वायुको प्रभावले आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातया सफा रहेको छ।
प्रतिक्रिया