कोरोनाको दोस्रो लहरका कारण ब्राजिलमा एकै दिन साढे ३ हजार बढीको मृत्यु

२० चैत २०७७ काठमाडौं । विश्वमा फेरि नयाँ लहर शुरु भएको कोरोना भाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ६७३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ६७३ जनाको मृत्यु भएको हो । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २५ हजार ५५९ पुगेको छ ।
धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ८६९ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ९० हजार संक्रमित थपिएका छन् । यस्तै भारतमा ८१ हजार नयाँ संक्रमित थपिएका छन् भने अमेरिकामा ७५ हजार र फ्रान्समा ५० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
विश्वभर पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार संक्रमित थपिएका छन् । विश्वभर थप ११ हजार भन्दा बढीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रतिक्रिया