Main News

पानी परेपछि पनि किन सफा भएन वातावरण र वायु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २० गते ६:१३
पानी परेपछि पनि किन सफा भएन वातावरण र वायु ? (भिडियो रिपोर्टसहित)

२० चैत २०७७ काठमाडौं । पछिल्ला केही दिनमा देशभर नै वायुप्रदुषण बढेको छ । पानी परेपछि पनि काठमाडौं उपत्यकामा वायु प्रदुषण धेरै घटेको छैन । वायु प्रदुषण घटाउन तत्काल कदम नचाले अवस्था निकै चुनौतिपूर्ण हुने वातावरण विज्ञले चेतावनी दिएका छन् ।

गएको शुक्रबारदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँको मौसम सफा रहेन । मौसम सफा नहुनुको कारण थियो, हावामा प्रदुषणको मात्रा बढ्नु । हावामा धुवाँ र धुलोको मात्रा बढेका कारण आकाशको सूर्य नै ढाकिएको थियो । सडकमा हिँड्नले पनि आँखा पोलेको पिरो भएको महसुस गरे ।

सरकारले शैक्षिक संस्था बन्द गर्यो र नागरिकलाई सावधानी अपनाउन आग्रह गर्यो । वातावरणविद्ले पानी परेपछि मात्रै प्रदुषणको मात्रा घट्ने भने । काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का वर्षा पनि भयो तर पनि वायु प्रदुषण हटेको छैन ।

वातावरण विभागका अनुसार झुम्का, नेपालगञ्ज, जनकपूर बाहेकका स्थानमा आज पनि अस्वस्थकर हावा नै बहिरहेको छ । हेटौंडा र पोखराको हावाको गुणस्तर १ सय ५० ए क्यू आई भन्दा बढी देखिएको छ । ए क्यू आई सय नाघेमा त्यो हावा अस्वस्थ्य हुने विभागको भनाइ छ । विभागले २३ ठाउँको हावाको गुणस्तरको मापन गरिरहेको छ । तर सबैतिरको वायुको गुणस्तर अझै सुध्रिएको छैन । पानी परेपछि पनि किन वातावरण सुध्रिएन त ?

अहिले प्रदुषण बढ्नुको मूख्य कारक, वन डढेलोलाई लिइएको छ । तर वन डढेलोले मात्र वायू प्रदुषण बढेको होइन । वायू प्रदुषण बढ्दै जानुको मूख्य कारण भने मानविय क्रियाकलाप नै हो । सवारी साधन र उद्योग कलकारखानाबाट निस्कने धुँवा, प्लास्टिक र रबर जन्य फोहोर जलाउँदा निस्कने धुवाँले पनि वायु प्रदुषण हुने गरेको छ ।

वायु प्रदुषणलाई नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले काठमाडौं उपत्यका वायू गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ बनाएको छ । जसमा सवारी साधनबाट हुने प्रदुषण नियन्त्रण, ट्राफिक व्यवस्थापन, पैदलयात्रा मैत्री तथा साइकल मैत्री शहर, फोहार मैलाको व्यवस्थापन लगाएका महत्वकांक्षी योजना समेटिएको छ । तर ती योजना अझै कार्यान्वयन भएका छैनन् । त्यसैले प्रदुषण बढेको छ । ती योजनाहरु तत्काल कार्यन्वयन नगरे काठमाडौंमा वायु प्रदुषणको ठूलो चूनौती आउने छ ।

वायूप्रदुषण बढेसँगै हावामा विषाक्त ग्यासहरुको मात्रा बढ्छ । जस्ले मानव स्वास्थ्यमा गम्भिर असर गर्छ । अहिलेसम्म सरकारले हावामा विषाक्त ग्यासको मात्रा कत्ति छ रु र यसले मानवस्वास्थ्यमा कस्तो असर गरिरहेको छ भन्ने कुरा मापन गरेको छैन । वायूप्रदुषण बढ्दै गएसँगै सरकारले हावामा विषाक्त ग्यासको मात्रा पत्ता लगाउदै, यसबाट बच्ने उपाय निकाल्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *