Main News

सरकारको फितलो पूर्वतयारी र नागरिकको हेलचेक्रयाईबीच उकालिँदै कोरोना ग्राफ

हिमालय टिभी
२०७७ चैत १९ गते ७:२६
सरकारको फितलो पूर्वतयारी र नागरिकको हेलचेक्रयाईबीच उकालिँदै कोरोना ग्राफ

१९ चैत २०७७ काठमाडौं । आम नागरिकको हेलचेक्रयाई र सरकारको पूर्वतयारी फितलो हुँदै जाँदा कोरोना ग्राफ उकालो लाग्दै गरेको पाइएको छ ।

मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र सरकारबाट रोकथाम तयारी फितलो हुँदा संक्रमित संख्या बढ्दै गएको हो ।

जनस्वास्थ्य विज्ञले कोरोना रोकथामका लागि विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने, कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, स्थानीय तहमार्फत् कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भनिए पनि सरकारले ठोस योजना बनाएको छैन ।

यसअघि, लकडाउनका बेलासमेत कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी बन्न सकेको थिएन । अधिकांश नागरिकले मास्कको राम्रो प्रयोग गर्न छाडेको र भौतिक दूरी कायम गरिरहेका छैनन् । सार्वजनिक यातायात, विद्यालय, रंगशाला चलचित्र हललगायतमा भीडभाड हुने स्थानमा जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन सकेका छैनन् ।

त्यस्तै, सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य सुरक्षाका मापदण्ड फितलो देखिएको छ । सरकारले सीमानाकामा हेल्थ डेस्क सक्रिय बनाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

जनस्वास्थ्यका मापदण्ड पालना नभएको स्थानमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल, देशभर १ हजार ४ सय ९३ सक्रिय संक्रमित छन् । ३ अंकमा झरेको सक्रिय संक्रमित संख्या पछिल्लो एक सातायता बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *