Main News

विगतका नराम्रा कुरा बिर्सन मुख्यमन्त्री पौडेलको आग्रह

हिमालय टिभी
२०७७ चैत १८ गते १८:४५
विगतका नराम्रा कुरा बिर्सन मुख्यमन्त्री पौडेलको आग्रह

१८ चैत २०७७ काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई बिर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको आज बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई बिर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गर्नुभएको हो ।

विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उहाँले बताउनुभयो । सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौं । जे जति भए ती सबै कुरालाई बिर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरि पनि समस्या आउन सक्छ ।’

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामीभित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एकअर्कामा निषेधको राजनीति गरिरहेका छों । कम्युनिष्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैआफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं । त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्मसमीक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनैपर्छ । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताउनुभयो । पार्टीमा निषेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनि गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *