Main News

राष्ट्रिय जनगणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १८ गते १८:१४
राष्ट्रिय जनगणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । राष्ट्रिय जनगणनाको लागि मुख्य गणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा भएको छलफलमा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जेठ २५ गतेदेखि असार ८ गतेसम्म जनगणना सञ्चालन गरिने बताउनुभएको हो ।

मुख्य जनगणना अघि बैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गरिने छ ।

महानिर्देशक श्रेष्ठले यस वर्ष करिब ८० वटा प्रश्न लिएर जनगणनाको लागि प्रत्येक घरमा जाने बताउनुभयो । जनगणनाको लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक परिचालन गरिने छ। जनगणनाका लागि ७ वटा प्रदेशमा र ७७ जिल्लामा ८० स्थानमा जनगणना कार्यालय स्थापना गरिएको छ ।

स्रोत र साधनले भ्याएसम्म प्रविधिको प्रयोग गरेर जनगणना गरिने महानिर्देशक श्रेष्ठले बताउनुभयो । १९६८ सालदेखि हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *