Political Hightlights

ओलीविरुद्ध नेपाल–खनाल समूहको यस्ता छन् तीन रणनीति

हिमालय टिभी
२०७७ चैत १८ गते १२:५६
ओलीविरुद्ध नेपाल–खनाल समूहको यस्ता छन् तीन रणनीति

१८ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेतामाथि नै कारबाही शुरु गरेपछि एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले ओलीविरुद्ध एकैसाथ तीन रणनीति अगाडि सारेका छन् ।

आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको गम्भीर आरोपसहित ओलीले नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल–खनाल समूहले काउन्टर रणनीति बनाएको छ ।

हिजो बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले ओलीको पछिल्लो कदम अस्वीकार गर्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

११ नेताहरुले संयुक्त विज्ञप्तिमार्फत ओलीबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई नै बिसर्जन गर्ने दूष्प्रयत्न भइरहेको तथा राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेको आरोप लगाएका छन् ।

यसका लागि संघर्ष गर्ने उनीहरुको निर्णय छ । ओलीको कारबाही र नेपाल–खनाल समूहको पछिल्लो रणनीतिले एमालेका दुवै समूहबीचको विवाद झन बढ्ने देखिएको छ ।

नेपाल–खनाल समूहले ओलीविरुद्ध लड्न देशभर प्रतिवाद, राजनीतिक–वैचारिक भण्डाफोर र सबै कमिटीको पुनर्गठनको अभियान अघि बढाउने रणनीति लिएको हो । राजनीतिक–वैचारिक भण्डाफोर अन्तर्गत आफ्नो समूहका कार्यकर्तालाई ओलीविरुद्ध प्रशिक्षण दिने नीति बनाएको छ ।

यस्तो प्रशिक्षणसँगै सबै कमिटीको पुनर्गठन गर्ने नेपाल समूहको योजना छ । फागुन २८ मा ओलीले एकतर्फी केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी विस्तार, नेताहरुको जिम्मेवारी हेरफेर र विधान संसोधनलगायतका निर्णय गरेपछि एमालेभित्रको तनाव झनै चर्केको थियो । पछिल्लो कारबाही प्रकरणले विवाद थप चर्काएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्