Political Hightlights

नेकपा खारेज गर्ने फैसलाविरुद्ध माओवादी केन्द्रद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता

हिमालय टिभी
२०७७ चैत १७ गते १३:०९
नेकपा खारेज गर्ने फैसलाविरुद्ध माओवादी केन्द्रद्वारा सर्वोच्चमा पुनरावलोकनको निवेदन दर्ता

१७ चैत २०७७ काठमाडौं । नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङ सर्वोच्च पुगेर निवेदन दर्ता गराउनु भएको हो ।

निवेदन दर्ता गराएपछि अध्यक्ष प्रचण्डले पार्टीको नामसम्बन्धी मुद्दामा भएको फैसला अस्वाभाविक र अप्राकृतिक रहेको तथा राजनीतिक प्रकृतिको निर्णय भएको भन्दै आफूले पहिल्यैदेखि असहमति जनाउँदै आएको बताउनुभयो । उहाँले अदालतले निर्णय सच्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा नाम ऋषि कट्टेललाई दिँदै फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।

सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

यसअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा सांसद रामनारायण बिडारी, वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेल, मुक्ति प्रधानलगायतका कानून व्यवसायीले सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जान सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्