विदेश

सेनाले हवाई हमला गरेपछि थाइल्याण्ड पलायन हुँदै म्यानमारका सर्वसाधारण

हिमालय टिभी
२०७७ चैत १७ गते ८:३३
सेनाले हवाई हमला गरेपछि थाइल्याण्ड पलायन हुँदै म्यानमारका सर्वसाधारण

१७ चैत २०७७ म्यानमारं । म्यानमार सेनाले हवाई हमला गरेपछि सर्वसाधारण थाइल्याण्डतर्फ पलायन हुन थालेका छन् ।

करेन समुदायको मुक्तिको लागि संघर्षरत जातीय समूहलाई निशाना बनाउँदै हवाई हमला भएपछि उनीहरू थाइल्याण्डको सीमातर्फ लागेका हुन् । हजारौं मानिस भागेर थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा पुगेका थाई अधिकारीहरूले बताएका छन् ।

उता यस समूहका मानिस आफ्नो देशमा पुगेपछि समस्या आउन सक्ने बताउँदै उनीहरूलाई सीमा क्षेत्रमा रोकेको थाइ प्रशासनले जनाएको छ । सेनाले आइतबार राति गरेको तीन वटा हवाई आक्रमणबाट हताहतीबारे भने केही जानकारी आएको छैन ।

म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन जितेको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेपछि देशभर लगातार प्रदर्शन भइरहेका छन् ।

त्यसयता सैन्य कू विरुद्धका प्रदर्शनका क्रममा चार सय जना भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *