Political Hightlights

ओलीसँग टक्कर लिइरहेका एमाले वरिष्ठ नेता नेपाल अन्य कम्युनिष्ट पार्टीसँगको छलफलमा

हिमालय टिभी
२०७७ चैत १७ गते ८:१७
ओलीसँग टक्कर लिइरहेका एमाले वरिष्ठ नेता नेपाल अन्य कम्युनिष्ट पार्टीसँगको छलफलमा

१७ चैत २०७७ काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग कडा टक्कर परिरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अन्य कम्युनिस्ट पार्टीका नेतासँगको भेटवार्तालाई तीव्र पार्नु भएको छ ।

आफूलाई पार्टीबाट निलम्बन गरेको निर्णय सार्वजनिक गर्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेता नेपालले त्यही दिन अन्य २ कम्युनिस्ट पार्टीका प्रमुखसँग गोप्य छलफल गर्नु भएको छ ।

नेता नेपालले हिजो आफूलाई निलम्बन गरिएको पत्र सार्वजनिक गरिनुअघि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसँग भेटवार्ता गर्नु भएको छ ।

करिब २ घण्टा भएको भेटवार्तामा नेता भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी रहेको बुझिएको छ । बृहत् कम्युनिस्ट ध्रुवीकरणका लागि नेता नेपालले कम्युनिस्ट घटकहरूसँगको छलफललाई तीव्र बनाउनु भएको छ ।

हिजो नै नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटघाट भएको छ । दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

कोटेश्वरमा भएको छलफलमा एमाले नेता भीम रावल र माओवादी नेता नारायणकाजी श्रेष्ठसमेत सहभागी हुनुहुन्थ्यो । नेता नेपाल र रावललाई कारबाही गरिएपछि भएको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्