Main News

प्रदुषण बढेसँगै स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिन थाल्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते २०:२७
प्रदुषण बढेसँगै स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिन थाल्यो (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । नेपालका विभिन्न स्थानमा वायू प्रदुषण बढेसँगै मानिसमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्या देखिन थालेको छ । वायू प्रदुषणका कारण उत्पन्न हुने समस्याबाट बच्न के गर्ने त ? चिकित्सकका सुझाव समेटिएको यो रिपोर्ट हेरौं–

केही दिनदेखि अधिकांशमा आँखा पोल्ने, टाउको दुख्ने यस्ता समस्या देखिएको छ । समस्यापछि कतिपय त, आँखा जँचाउन अस्पताल नै पुगेका छन् ।

यो वायूमण्डलमा देखिएको प्रदुषणको प्रभाव हो । कतिपयलाई स्वास फेर्न गाह्रो हुने समस्या पनि देखिएको छ । केही दिनदेखि आकासमा तुवाँलो लागेको छ । प्रदुषणका कारण निमोनिया, पक्षघात, हृदयघात हुने खतरा पनि बढेको चिकित्सक बताउँछन् ।

काठमाण्डौं उपत्यकामा वायुको अवस्था उच्च खतराको तहमा छ । त्यसैले प्रदुषणबाट बच्न नागरिकले नै सावधानी अपनाउनुपर्ने देखिन्छ । विशेषगरी श्वासप्रश्वास र आँखामा प्रदुषणले प्रत्यक्ष असर गर्छ,त्यसोभए आँखालाई कसरी जोगाउने त रु

अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकले सुझाव दिएका छन् । यस्तै सवारी साधनको प्रयोग कम गर्न, धुमपान नगर्न पनि चिकित्सको सुझाव छ ।

सबैभन्दा बढी प्रदूषण बिहान ५ बजेदेखि ८ बजेसम्म हुने गरेको छ । अहिलेको प्रदुषण स्वास्थ्यको हिसावले निक्कै खराब छ । त्यसैले घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न, घरमा धूप नबाल्न पनि चिकित्सकको सुझाव छ । विशेषगरी बालबालिका र जेष्ठ नागरिकमा प्रदुषणको प्रभाव बढी पर्ने भएकाले झनै सावधानी अपनाउनु आवस्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *