Political Hightlights

बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

हिमालय टिभी
२०७७ चैत १६ गते १९:१३
बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

१६ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको आज बसेको प्रदेश संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव पनि फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलालले जानकारी दिनुभयो ।

बैठकले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गर्दै शसक्त प्रतिपक्षीको भुमिका खेल्ने निर्णय पनि गरेको छ । यसअघि तत्कालिन नेकपाका असन्तुष्ट सांसदले प्रदेशसभामा अविश्वास प्रस्ताव पेश गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि उक्त प्रस्ताव अलपत्र परेको छ ।

माओवादी केन्द्रको बैठकले दलको नेतामा शालिग्राम जम्मकट्टेल, उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्