राजनीति

अध्यक्ष ओलीले गरेको कारबाही वरिष्ठ नेता नेपालद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते १८:५७
अध्यक्ष ओलीले गरेको कारबाही वरिष्ठ नेता नेपालद्वारा अस्वीकार (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीलाई वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गर्नुभएको छ । हिमालय टेलिभिजनलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले ओली अध्यक्ष नै नभएको र कारवाही वैधानिक नभएको दावी गर्नुभयो ।

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको अवैधानिक कदमको प्रतिकार गर्न देशभरिका कार्यकर्तालाई अपील गर्नुभएको छ । अध्यक्ष ओली एमाले नै नभएको भन्दै वरिष्ठ नेता नेपालले ओलीको राजनीतिक रुपले प्रतिकार गर्ने चेतावनी पनि दिनुभयो ।

ओलीले कम्यूनिष्ट आन्दोलन सिध्याउने अपराध गरेको र त्यसको जवाफ दिनुपर्ने पनि वरिष्ठ नेता नेपालले बताउनुभयो ।

अध्यक्ष ओलीमा धुन्धुकारी प्रवृत्ति देखिएको र कम्युनिष्ट आन्दोलन सिध्याउन उद्दत रहेको नेपालले आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्