Main News

काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु, कहाँ कसरी वितरण हुँदैछ पानी (फोटो फिचरसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते १८:१९
काठमाडौंमा मेलम्चीको पानी वितरण शुरु, कहाँ कसरी वितरण हुँदैछ पानी (फोटो फिचरसहित)

१५ चैत २०७७ काठमाडौं । काठमाडौं महाँकालचौरस्थित पुरानो पानी पोखरीबाट मेलम्चीको पानी वितरण शुरु गरिएको छ ।

आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलन कुमार शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा खानेपानी वितरणको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

महाँकाल क्षेत्रबाट चाबहिल, कुटुबहाल, आनन्दनगर क्षेत्रमा पानी पठाइएको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।

अहिले दैनिक ४ करोड लिटर पानी आएको र पानीको मात्रा बढ्दै जाने भएकाले सोही आधारमा समयतालिका निर्धारण गरी उपभोक्ताको घरमा पानी पठाइने पनि प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर पानी वितरण गर्ने तालिका बनाइएको पनि उहाँले बताउनुभयो । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा जानकारी पाउने वित्तीकै ¥यापिड रेस्पोन्स टीमले समस्या समाधान गरी पानी पु¥याउने पनि उहाँले बताउनुभयो ।

हाल पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै पानी थप गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मिनभवन र खुमलटार स्थित पोखरीहरुमा जम्मा हुने योजना रहेको पनि शाक्यले बताउनुभयो ।

आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुने छ । दोस्रो चरणमा बालाजु स्थित पानी पोखरीमा समेत गरी ६ दशमलव ५ करोड लिटर, तेस्रो चरणमा बाँसबारी र महाराजगञ्जस्थित पानी पोखरीहरुमा समेतमा गरी ८ दशमलव ५ करोड लिटर र चौथो चरणमा कीर्तिपुर, थिमी, भक्तपुर स्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीहरुबाट काठमाडौं उपत्यका चक्रपथ भित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने योजना केयूकेएलको छ ।

हाललाई पानीको शुल्क यथावत रहेको पनि केयूकेएलका प्रमुखकार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *