Main News

सिसडोलमा फोहोर विसर्जनमा स्थानीयको अवरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १५ गते १७:४४
सिसडोलमा फोहोर विसर्जनमा स्थानीयको अवरोध (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् ।

काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने उनीहरुको अडान छ ।

सहमति गरेर पालना नगर्ने र पीडित बनाउने काम भैरहेको उनीहरुको गुनासो छ ।

ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने सम्झौता र २०७७ कात्तिक ५ गते काठमाडौं महानगरपालिकाको ५२ औं कार्यपालिकाको बैठकबाट भएको निर्णय पनि कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *