Main News

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

हिमालय टिभी
२०७७ चैत १५ गते १५:०५
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

१५ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि झण्डै दुई घण्टा भेटवार्ता भएको हो । भेटमा संसदको प्रभावकारी संचालन र जरुरी विधेयकका विषयमा छलफल भएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली र सभामुखबीच पछिल्लो पटक तीक्ततापूर्ण सम्बन्ध थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई जनाबीचको सम्बन्ध थप बिग्रिएको थियो ।

प्रतिनिधिसभा विघटनलाई सभामुखले प्रतिगामी कदम भन्नुभएको थियो भने प्रधानमन्त्रीले सभामुखबाट सरकारलाई असहयोग भैरहेको आरोप लगाउनुभएको थियो ।

खासगरी अमेरिकी परियोजना एमसीसी सभामुखले अघि नबढाएको प्रधानमन्त्रीको आरोप छ । सार्वजनिक रुपमै प्रधानमन्त्री सभामुखविरुद्ध आरोपमै उत्रिनुभएको थियो । सम्बन्ध बिग्रेर संसदनै प्रभावित भएपछि सभामुखले प्रधानमन्त्रीसँग भेटका लागि समय माग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *