Main News
पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
२०७७ चैत १५ गते ८:५१
१५ चैत २०७७ काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्नपछि देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो ।
भोलि र पर्सी पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखा जनाएको छ ।
प्रतिक्रिया