Main News

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते १५:१५
संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।

संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनमा सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जिवन्त बनाउन चुनौति थपेको बताउनुभयो । उहाँले निकै उतारचढाव र बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुद्र मन्थन भई संसदले पुनः गति लिएको बताउनुभयो ।

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले प्रष्ट पार्नुभयो । अहिले केही अन्योलता देखिए पनि निराश हुन पर्ने स्थिति नरहेको उहाँको भनाइ छ ।

संसदीय मामिला पत्रकार समाजले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *