भोजपुरमा डढेलो गाउँ पस्दा चार घर जलेर नष्ट
२०७७ चैत १३ गते १४:१३

१३ चैत २०७७ भोजपुर । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि भोजपुरमा ४ घर जलेर नष्ट भएका छन् ।
हिजो बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा ४ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगालागीबाट अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई र कालिबहादुर राईको घर, गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मालढुंगा सामुदायीक बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेका प्रहरीको भनाइ छ ।
प्रतिक्रिया