विदेश

डेनमार्कले आस्ट्राजेनेका खोपका अझै तीन साता नलगाउने

हिमालय टिभी
२०७७ चैत १३ गते ८:२४
डेनमार्कले आस्ट्राजेनेका खोपका अझै तीन साता नलगाउने

१३ चैत २०७७ डेनमार्कं । डेनमार्कमा कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको आस्ट्राजेनेका खोप अझै तीन हप्ता नलगाइने भएको छ ।

रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप अभियान रोकिएको थियो । स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने डेनमार्क सरकारले जनाएको छ ।

खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो । डेनमार्कले मध्य मार्चमा स्थगित गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए । कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् ।

कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन् । खोपको गुणस्तर र उपयोगितामाथि प्रश्न उठेपनि धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन् ।

विश्व स्वास्थ्य सङ्गठन लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउदै आएका छन् । डेनमार्कका उच्च स्वास्थ्य अधिकारी सोरेन ब्रोस्टर्मले पत्रकार सम्मेलन गर्दै अप्रिल १८ सम्म खोप अभियानलाई स्थगित नै राख्ने निर्णय गरेको जानकारी दिए ।

आफ्ना घरेलु विज्ञहरूको सुझावका आधारमा सरकारले स्थगनलाई निरन्तरता दिने निर्णय गरेको पनि उनले स्पष्ट पारे।

झण्डै ५८ लाख जनसङ्ख्या रहेको मुलुक डेनमार्कमा अहिलेसम्म दुई लाख २७ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने दुई हजार ४०५ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *