Main News

ओली समूहको संसदीय दल र नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दै

हिमालय टिभी
२०७७ चैत १३ गते ८:१०
ओली समूहको संसदीय दल र नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दै

१३ चैत २०७७ काठमाडौं । नेकपा एमाले ओली समूहले आज संसदीय दल र नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा संसदीय दलको बैठक बस्नेछ ।

बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने भट्टराईले जानकारी दिनुभयो ।

नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे नयाँ बानेश्वरको एक होटलमा बस्ने एमाले नेता युवराज ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा ४ जना नेताले स्पष्टीकरणको जवाफ बुझाइसकेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने ज्ञवालीले बताउनुभयो ।

यसअघि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा नेपाल पक्षका नेता तथा सांसदहरूले बहिस्कार गरेका थिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली फागुन २३ गतेपछि एकपक्षीय ढंगले पार्टी सञ्चालन गर्न खोजेको, मनोमानी केन्द्रीय सदस्य मनोनयन गरेको तथा नेताहरुको जिम्मेवारी खोसेको भन्दै नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *