Main News

देशभर क्वारन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न सरकारको निर्देशन

हिमालय टिभी
२०७७ चैत ११ गते १८:४०
देशभर क्वारन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न सरकारको निर्देशन

११ चैत २०७७ काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै देशभरका क्वारन्टिन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर क्वारन्टिन र आइसोलेसन सेन्टरको विवरण अद्यावधिक गर्न भनेको प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको सूचना जारी गरेसँगै गृहले सतर्कताका काम थालेको हो । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिलाई सहयोग हुने गरी गृहले भिडभाड हुने र धेरै मानिस जमघट हुने सभा सम्मेलन नगराउन भनेको छ ।

परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि भनिएको छ । केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।

मन्त्रालयको परिपत्र अनुसार सबै जिल्ला प्रशासन कार्यलयले आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै काम कारवाही थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *