Main News

काठमाडौंमा मेरुदण्ड पक्षघात भएकाहरुको तीन दिने राष्ट्रिय भेला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १५:२६
काठमाडौंमा मेरुदण्ड पक्षघात भएकाहरुको तीन दिने राष्ट्रिय भेला (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ काठमाडौं । मेरुदण्ड पक्षघात भएका व्यक्तिको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको उद्देश्यसहति काठमाडौंमा तीन दिने राष्ट्रिय भेला चलिरहेको छ ।

मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा भइरहेको भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा मेरुदण्डको पक्षघात भएका व्यक्तिको सहभागिता छ ।

भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकाससम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरुको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिने मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताउनुभयो ।

भेलामा सहभागिहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरु हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन् ।

उपचार तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धता गराउनुपर्नेमा जोड दिएका छन् । भेलामा सहभागीहरुले आफ्नो ठाउँमा फर्केर मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई आफूले सिकेको शिप र तालिम सिकाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *