कञ्चनपुरमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ११ गते १३:३२
कञ्चनपुरमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा ६० करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ ।

भिमदत्त नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्र बनाउनका लागी ठाउँ हेरीसकेको छ । केन्द्रमा एक सय जनाले रोजगारी पनी पाउने छन् । व्यवस्थापन केन्द्र बनाउन सबैले साथ दिनुपर्ने स्थानीय जनप्रतिनिधिको आग्रह छ ।

फोहोरमैला व्यवस्थापन हुन नसक्दा सहर दुर्गन्धित भएको छ । व्यवस्थापन केन्द्र बन्ने भएपछि स्थानीय बासिन्दा पनि उत्साहित छन् ।

केन्द्र निर्माणका लागि करीब २५ हेक्टर जमिन आवस्यक पर्ने आंकलन गरेर काम अघि बढाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *