Main News

आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन

हिमालय टिभी
२०७७ चैत ११ गते ८:०१
आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन

११ चैच २०७७ काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरू बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे अवधि हिजोदेखि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको हो ।

अध्यक्ष मैनालीसहित ७ पदाधिकारी २०७१ चैत ११ गते नियुक्त भएका थिए। डा गोविन्द कुसुम र श्रीपुरुष ढकालले उमेरहदका कारण अवकाश पाउनु भएको थियो । आयोग पदाधिकारीविहीन भएसँगै सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, सरुवा, बढुवालगायत काम ठप्प हुनेछन्।

मैनालीले पदाधिकारी नहुँदा लोकसेवासँग सम्बन्धित काममा ठूलो असर पर्ने बताउनु भएको छ । उहाँले पदाधिकारी नियुक्तिका विषयमा वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा राष्ट्रपतिको ध्यानाकर्षण गराएको पनि बताउनु भयो ।

संवैधानिक परिषद्ले संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि सरकारले अध्यादेशमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा ३२ पदाधिकारी नियुक्त गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *