Main News

भारतमा कोरोना बढेसँगै सीमा नाकामा कडाइ गर्ने तयारी

हिमालय टिभी
२०७७ चैत ११ गते ७:५१
भारतमा कोरोना बढेसँगै सीमा नाकामा कडाइ गर्ने तयारी

११ चैच २०७७ बुटवल । कोरोना संक्रमणको जोखिम बढेसँगै लुम्बिनी प्रदेश सरकारले सर्वसाधारणलाई न्यूनतम स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

संघीय सरकारले जारी गरेको निर्देशिका पालनामा जोड दिँदै नाकाबाट भइरहेको आउजाउमा कडाइ गरिने भएको छ । भिड हुने कार्यक्रमलाई निरुत्साहित गर्ने पनि प्रदेश सरकारले जनाएको छ ।

यसका लागि जिल्ला प्रशासन र स्थानीय सरकारसित रोकथाम तयारीबारे छलफल गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग छलफल गरेर आगामी रणनीति तय गरिने बताइएको छ ।

रूपन्देहीको मुख्य बेलहिया–सुनौली नाकामा पर्यटक आवागमन बन्द गरिए पनि विभिन्न प्रयोजनमा सीमा वारपार गर्नेको संख्या दैनिक बढिरहेको छ ।

सीमामा हुने खुला आवागमनले भारतमा तीव्र फैलिरहेको कोरोना संक्रमण सहजै मुलुक प्रवेश गर्ने भएकाले नाकामा हेल्थ डेस्क राखेर ज्वरो नाप्ने काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताउनुभयो ।

जिल्लामा रहेका सबै अस्पताललाई उपकरणसहित तयारी अवस्थामा रहन र प्रशासनको भूमिकाका विषयमा छलफलबाट तय भएअनुसार काम भइरहेको घिमिरेले बताउनुभयो ।

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणको तयारी थाल्न आज सिसिएमसीको बैठक बस्ने भएको छ । बैठकबाट ठूलाठूला सभा तथा सम्मेलनमा रोक लगाउने र भिडभाड नगर्न निर्देशन जारी गर्ने तयारी छ ।

सरकारले फागुमा धेरै भिडभाड हुने भएकाले सीएमसीको बैठक राखेर ठूला सभा, सम्मेलन, कन्सर्ट नगर्न निर्देशन दिने तयारी गरेको हो । यही चैत्र १५ र १६ गते फागु पूर्णिमा परेको छ ।

कोरोना जोखिमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भिडभाड हुने सभा, सम्मेलन र सार्वजनिक कार्यक्रमहरुमा नजानुहुने भएको छ । यसअघि २०७६ चैत्र १० गते साँझ सरकारले लकडाउन गर्ने घोषणा गरेको थियो । नेपालमा शुरुमा लकडाउन घोषणा गरेको आज एक वर्ष पूरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *